sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

नीति तथा कार्यक्रममा प्रधानमन्त्री बालेनले जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने

३० वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् । उनको सट्टा अर्थमन्त्री डा .स्वर्णिम वाग्लेले जवाफ दिने भनेका छन् ।

यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।  प्रतिनिधि सभाको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३- ८४ को सरकारको नीति तथा कार्यक्रम यही वैशाख २८ गते संघीय संसद बैठकमा बाचन गरेका थिए । त्यसमाथि आज छलफल प्रारम्भ गर्ने, छलफलमा उठेका प्रश्नको जवाफ दिने । सांसदहरुबाट प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र आजै पारित गर्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ ।

हिजोको बैठकमा दलका नेताहरुले सम्बोधन गरेका थिए ।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्