सुनको मूल्य घट्दा चाँदीको मुल्यमा वृद्वी
काठमाडौं । आइतबार सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्यमा वृद्वी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको मुल्य भन्दा आइतबार सुन प्रतितोला १ हजार रुपैयाँले घटेको छ भने चाँदी २५ रुपैयाँले बढेको छ ।
आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँमा कारोवार हुँदा चाँदी ५ हजार ३ सय रुपैयाँमा कारोवार भई रहेको छ । यसअघि शुक्रवार सुन २ लाख ९९ हजार ९ सय रुपैयाँ र चाँदी ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुनचाँदी दुवैको मुल्यमा वृद्दी भएको जनाइएको छ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंश ४ हजार ७१४ डलर छ भने चाँदी प्रतिऔंश ८० डलर रहेको बताइएको छ ।
