sevenstartv.com ५ पुष २०८२, शनिवार

रूस-युक्रेनलाई मिल्न ट्रम्पले दिए दुई हप्ते अल्टिमेटम, शान्तिवार्ता जटिल मोडमा

७ भदौ २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । युद्धरत रहेका रुस र युक्रेनलाई मिल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ते अल्टिमेटम दिएका छन् । तीन वर्षदेखि चलिरहेको युद्धमा शान्ति वार्ता सुरु गर्न ट्रम्पले दुई हप्ताको समयसीमा दिएका हुन् । 

ट्रम्पले शान्ति वार्ताका लागि अवस्था सुधार नभए रूसमाथि भारी प्रतिबन्ध र कर लगाउने अथवा युक्रेनलाई आफैँ समस्या समाधान गर्न छोडिदिनेछन् । 

ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले दुई हप्तामा कुन दिशामा जाने भन्ने कुरा स्पष्ट हुने बताए । उनले वार्ता असफल भएमा रूसमाथि कडा प्रतिबन्ध वा अत्यधिक आयात कर लगाउने वा दुवै विकल्प अपनाउने बताए अब अमेरिकाले रूस–युक्रेन युद्धमा कुनै समाधानको प्रयास नगर्ने निर्णय पनि लिनसक्ने उनको भनाइ छ ।

जेलेन्स्की र पुटिनबीच बैठकमा जोड
ट्रम्पले रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच बैठक गराउने विषयमा जोड दिए । उनले दुवै नेता भेटुन् भन्ने आफ्नो चाहना रहेको तर उनीहरू भिट्दैनन् भने त्यो सबैलाई थाहा होस् भन्ने चाहेको बताए ।

‘शान्ति वार्ता गराउन सजिलो छैन’
ट्रम्पले रूस र युक्रेनबीच शान्ति वार्ता गराउन सहज नभएको बताए । उनले युक्रेनी राष्ट्रपति जेलेन्स्की र रूसी राष्ट्रपति पुटिनको भेटलाई तेल र भिनेगरको मिश्रणसँग तुलना गरे । 

उनले भने “जसरी तेल र भिनेगर एकअर्कासँग मिसिँदैनन्, त्यसरी नै यी दुई नेताहरू पनि एकअर्कासँग मिल्दैनन् ।”
उनले दुवै नेताले एकसाथ काम गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्न आवश्यक भएको बताए । किनकी उनीहरू जायज कारणले नै एकअर्कासँग असहमत छन् ।

‘दुवै नेताले आफैँ समाधान निकालून्’ 
ट्रम्पले आफ्नो सहभागिताबिना नै दुवै नेतालाई वार्तामा बसी आफैँ समाधान निकाल्न आग्रह गरे । उनले अहिले पनि युद्ध चलिरहनु र मानिसहरू मरिरहनुलाई धेरै मुर्खतापूर्ण काम भएको बताए । 

ट्रम्पले यो युद्धमा हरेक हप्ता लगभग सात हजार मानिसको मृत्यु भइरहेको दाबी गरे, जसमा अधिकांश सैनिक छन् । उनले यसअघि यो संख्या पाँच हजार बताए पनि अहिले सात हजार पुगेको जानकारी दिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्