सचिवको प्रतिस्पर्धामा शीर्षस्थानमा महेश बस्नेत
काठमाडौं । एमाले सचिवको दौडमा महेश बस्नेत शीर्ष स्थानमा उक्लिएका छन् ।
पछिल्लो मतगणना अनुसार उनले पद्मा अर्याल र छविलाल विश्वकर्मालाई पछि पारेर पहिलो नम्बरमा उक्लेका हुन् । बस्नेतले ७८३ मत पाउँदा दोस्रो स्थानमा रहेकी पद्मालाई ७७८ मत आएको छ ।
उनीहरुबीच ५ मतको मात्रै अन्तर छ । तेस्रो स्थानमा रहेका विश्वकर्मा पनि धेरै पछाडि छैनन् । उनले ७६९ मत ल्याएका छन् । यी तीनैजनाको सचिवमा जित निश्चित देखिएको छ ।

.gif)