sevenstartv.com ५ पुष २०८२, शनिवार

रोल्पा थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहीन

२६ असार २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक हरिश माझी, सह–लेखापाल, यज्ञ प्रसाद कडेल, सव–इन्जिनियर चन्द्र प्रकाश ओली, सव–इन्जिनियर निशा आचार्य, खापासटे शिवकुमार वली र सवारी चालक प्रदिप के.सी सम्पर्कविहीन भएका हुन् । नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि रुकुम पूर्वमा गएर काम गर्ने भन्दै निस्किएका कर्मचारी सम्पर्कमा नआएपछि गाउँपालिकाले सूचना नै निकालेको छ ।

गाउँपालिकाका सूचना अधिकारी भिमसेन बुढा मगरका अनुसार, उनीहरू अहिलेसम्म पनि गाउँपालिकाको सम्पर्कमा आएका छैनन् ।
साँझ ७–८ बजेदेखि बिहान ८ बजेसम्म नेटवर्कले काम नगर्ने भएपछि असार २४ गते बिहान थबाङबाट निस्किएको मगरले बताए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्