एपीएफ र भारतको इष्ट बंगालबीच उपाधि प्रतिष्पर्धा
काठमाडौं । साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा आज एपीएफ फुटबल क्लब र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै छ ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने एन्फाले जनाएको छ । फाइनल अघि दुवै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको जनाएका छन् । फाइनलअघि शुक्रबार दशरथ रङ्गशाला आयोजित प्रि–म्याच कन्फरेन्समा एपीएफ फुटबल क्लबकी अनिता बस्नेतले फाइनल खेलका लागि टीम तयार रहेको बताइन् ।
अहिले क्लबका लागि भन्दा पनि देशको प्रतिनिधित्व गर्दै प्रतियोगिता खेलिरहेको भन्दै उनले पहिलो पटक उपाधि कब्जा गर्ने रणनीतिका साथ मैदान उत्रने बताइन् । त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताएका छन् । साफ महिला क्लब च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर पाउनेछन् ।

.gif)