सुख्खायामसँगै आगलागीका घटना बढ्दै
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसो र सुक्खायाम बढेसँगै आगलागीका घटनामा वृद्धि भएको भन्दै आम सर्वसाधारण तथा सरोकारवाला निकायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै पछिल्लो एक महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । प्राधिकरणका अनुसार मिति २०८२ कार्तिक २५ गतेदेखि मङ्सिर २६ गतेसम्मको छोटो अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका छन् ।

.gif)