sevenstartv.com १२ साउन २०८३, मङ्गलवार

सुनसरी घटना पश्चात सरकारको विरोध जारी

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङको राजीनामा माग

१२ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

जनकपुरधाम । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु प्रकरण पश्चात तनाबको वातावरण सिर्जना भएको । देशभर बाट उक्त घटनालाई लिएर सरकारको विरोध भई रहेका बेला मंगलबार सिरहामा विरोध प्रदर्शन सहित सरकारका जिम्मेवार व्यक्तिहरुको राजीनामा माग गरिएको छ  ।

सो प्रदर्शनामा प्रदर्शनकारीले प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा मागेका छन् । मंगलबार सिरहाको गोलबजार नगरपालिका, ८ स्थित पुरानो चोक, चोहर्वामा स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै पूर्व, पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्नमाथि कानुनी कारबाही, प्रहरी दमन अन्त्य तथा न्यायको माग गर्दै प्रदर्शन गरि रहेका छन् । यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुर, गोलबजारको गोलपार्क र धनगढीमाई नगरपालिका–८ कसहा चोकमा समेत विरोध प्रदर्शन भएको थियो।

प्रदर्शनका कारण करिब आधा घण्टा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आन्दोलनकारीसँग छलफल पश्चात सडक सञ्चालनमा आएको प्रहरीको भनाई छ । सुनसरीसहित देशका विभिन्न स्थानहरुमा सरकारको आलोचना सहित बिरोध भई रहेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्