पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
काठमाडौं । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् ।
शुक्रबार निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो ।
मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

.gif)