sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

२५ मंसिर २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो ।

लमही अस्पतालमा घाइतेहरूको  उपचार भइरहेको छ ।  बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटना भएको प्रारम्भिक बयान बस चालकले दिएका छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्