sevenstartv.com ५ पुष २०८२, शनिवार

खेतीयोग्य जमिन १७ प्रतिशत घट्यो

२१ असार २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । मुलुकमा दश वर्षको अन्तरालमा खेतीयोग्य जमिन करिब १७ प्रतिशत घटेको छ ।

बि सं २०६८ देखि २०७८ साल सम्मका  खेतीयोग्य जमिन १६ दशमलव ६ प्रतिशत अर्थात् २२ लाख हेक्टरबाट १८ लाख हेक्टर)  घटेको पाइएको छ । 
नेपालमा  उत्पादनको उर्वर स्थानमा पनि शहरीकरण हुने गरेकोले खेतीयोग्य घटेको हो ।  सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९ दशमलव १ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५ दशमलव ४ प्रतिशत मा उब्जाउ भूमि न्यून भएको छ । 

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख रहेको छ ।  कूल जनसंख्यामध्ये २ करोड ३९ लाख  अथर्थात् (८२ दशमलव २ प्रतिशत व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । ती मध्ये १ करोड ५७ लाख  अर्थात् ६५ दशमलव ५ प्रतिशतलाई आर्थिक रुपले सक्रिय जनसंख्या मानिएको छ । कूल श्रमशक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख महिला रहेका राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । 

मुलुकको ७ प्रदेशमध्ये आर्थिक रुपले सक्रिय जनसंख्या सबैभन्दा धेरै वागमतीमा छ । बागमतीको जनसंख्या ३४ लाख रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रुपले सक्रिय जनसंख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१० लाख) छन् । 

नेपालमा १० वर्ष वा त्यस भन्दा माथिको जनसंख्याको श्रम सहभागिता दर ६५ दशमलव ५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१ दशमलव ३ प्रतिशत  र महिलातर्फ ६० दशमलव ४ प्रतिशत रहेको छ । 

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरुको संख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् । 

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीमा वर्गीकरण गरिएको तथ्यांक कार्यालयले जनाएको छ । जसमा ४२ लाख (२८दशमलव ६ प्रतिशत ) अरुको काम गर्ने, २ लाख (१ दशमलव ४प्रतिशत) रोजगारदाता, ८२ लाख  (५५ दशमलव ३ प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४ दशलव ५ प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् । 

कूल श्रमशक्तिको सबैभन्दा ठूलो (८५लाख, ५७ दशमलव ३ प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन)  मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कूल जनसंख्यामा केवल १ करोड ३ लाख (४२ दशमलव ९ प्रतिशत) व्यक्तिहरु अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रमशक्ति सहभागिता दर ३२ दशमलव १ प्रतिशत रहेको छ । जसमा पुरुष ३१ दशमलव ९ प्रतिशत र महिला ३२ दशमलव २ प्रतिशत छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्