नेपाली समाजमा अनुशासनको कमी : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ । उहाँले शनिवार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनु भयो । विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने उहाँको भनाई छ । हतियारधारी र अहंकारीहरुले योग र अनुशासन बुझ्न जरुरी रहेको बताउनुभयो । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘अथ योगानुशासनम । अब योग अनुशासन प्रारम्भ हुन्छ । योग भन्नेबित्तिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित केमा छ भने अनुशासनको समस्या छ, अनुशासनहिनता छ । अनुशासन योगको पहिलो सूत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यानको पनि अनुशासन हुन्छ । अनुशासनमा बसेन भने कसरी ध्यान हुन्छ । हरेक चिजको अनुशासन हुन्छ । समाजको अनुशासन हुन्छ । अष्टाङ्ग योगका आठ सूत्र छन् । आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन, अहिंसा चाहिएको छ । आज विश्वले खोजिरहेको हाम्रा पूर्खाले उहिलेदेखि भन्ने गर्दथे, ओम शान्ति, ओम शान्ति, शान्ति । कति महत्वपूर्ण छ आज पनि । यही यम र नियम मात्रै बुझिदिए हतियारधारीहरुले भने, अहंकारधारीहरुले भने । हतियारमात्रै केही खतरा होइन, बन्दुक आफैँ पड्किँदैन, त्यसमा गोली हुन्छ, बहुत खतरनाक हुन्छ । मान्छेको अहंकारले गर्दा हतियार बनाउँछ, चलाउँछ, विनाश गर्दछ, विनाशमा रमाउँछ । विनाशमा थप अहंकार पैदा गर्दछ । अहंकारी हुन्छ । हिंसा होइन, अहिंसा । सत्य व्यवहार गर्नुपर्छ ।’
प्रधानमन्त्रीले आवश्यकता नभएकाहरुको लोभ गर्न नहुने बताउनुभयो । उहाँले आफूलाई स्वस्थ राख्नुपर्ने बताउनुभयो ।

.gif)