sevenstartv.com ५ पुष २०८२, शनिवार

धोबीखोला करिडोर डुबानमा

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं। अविरल वर्षाको कारण काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।

वर्षापछि आएको बाढीले धोबीखोला करिडोर  सडक डुबानमा परेको हो ।  सडक डुबानमा परेपछि त्यस ठाउँमा सवारी ठप्प भएका छन् । यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि पार्किङ गरी राखिएका गाडी डुबाएको छ ।  सडकका विभिन्न स्थान जनमग्न भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्