sevenstartv.com ५ पुष २०८२, शनिवार

ग्वार्को ‘फ्लाई ओभर’ काे प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै

६ असार २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको ग्वार्कोमा बनेको ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । शुक्रबार प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेसँगै सर्वसाधारणले ओभरपास प्रयोग गर्न पाउनेछन् ।

इन्जिनियरिङ प्रोक्योरमेन्ट एण्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा यसको ठेक्का गरिएको थियो । यसको ठेक्का आशिष (समानान्तर)रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो ।

दुई वर्षभित्र काम सक्ने गरी २०७८ फागुनमा ओभरपास निर्माण शुरु भएको थियो । शुरुमा भएको सम्झौताअनुसार ओभरपास २०८० फागुन १२ भित्र तयार भइसक्नु पर्ने थियो । फेरि २०८१ असारसम्मका लागि म्याद थपियो । त्यो समयमा पनि काम सकिएन ।

त्यसपछि २०८१ पुस ९ सम्मका लागि म्याद थपियो। पटक(पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्