पीएम कप क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बाग्मतीद्वारा आर्मी १४ रनले पराजित
काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १४ रनले हराएको छ ।
बाग्मतीले दिएको ८२ रनको लक्ष्य पछ्याएको आर्मी १३ ओभर २ बलमा ६७ रनमा अलआउट भयो ।
आर्मीकी अञ्जली विश्वकर्माले १४, नगिमा तामाङले १३ रन बनाइन् । बाग्मतीकी सोनु खड्का, मनिषा उपाध्याय र कञ्चन श्रेष्ठले २÷२ विकेट लिए । यसअघि धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले निर्धारित १५ ओभरमा २ विकेट गुमाएर ८१ रन बनायो । बाग्मतीकी यशु पाण्डेले २५, कञ्चन श्रेष्ठले नटआउट २४ र यशोदा विष्टले नटआउट २० रन बनाए ।
आर्मीकी ईश्वरी विष्ट र लक्ष्मी साउदले १÷१ विकेट लिए । यो जीतसँगै बाग्मती २ खेलमा २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । आर्मी २ खेलमा २ अंकसहित नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । प्रतियोगिताको समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’ मा पुगिका छन् । ‘सुपर फोर’ मा शीर्ष दुईमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल आउँदो शनिबार हुनेछ ।

.gif)