sevenstartv.com २७ मंसिर २०८२, शनिवार

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

२७ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।

आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले  शनिबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा भारतसहित नेपालका नाम चलेका आठ वटाको टिम सहभागी हुनेछन् । 

प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख चार हजार र उपविजेतालाई दुई लाख दुई हजार २०० नगद पुरस्कार प्रदान गरिनेछ । हरेक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुने खेलाडीलाई जनही सात हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार प्रदान गरिनेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्