काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार बिहान पनि न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस नै थियो ।
तराई क्षेत्रमा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ। कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरूमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्दा चिसो ह्वात्तै बढेको हो । उता कोशी र मधेश प्रदेशका जिल्लामा पनि हल्का कुहिरो छ । मध्यान्ह पछि कुहिरो हटेर जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो क्षेत्रको न्यूनतम तापक्रम १२ देखि ७ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। हाल हिमाली क्षेत्र जुम्लाको न्यूनतम तापक्रम माइनस ३.० डिग्री सेल्सियस मापन भएको छ।

.gif)