चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । पछिल्लो समय नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण मौसममा दिन प्रतिदिन परिवर्तन आएको छ । जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नुका साथै कतै बर्ष भइ रहेको छ त कतै यतिका समयसम्म पनि पानी नपर्दा खण्डबृष्टी भएको चर्चा चल्न थालेको छ ।
पूर्वानुमान महाशाखाका अनुसार हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहने बताइएको छ । पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेस प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने गर्मी हुने सम्भावना रहेको जनाइएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने जनाइएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।
