sevenstartv.com ५ पुष २०८२, शनिवार

काभा महिला लिग : भारतसँग नेपाल पराजित

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । काभा महिला भलिबल नेशन्स लिगको उपाधि भारतले जितेको छ । पाँचौँ सेट १५(५ ले जितेर भारत काभा च्याम्पियन बनेको हो । त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतिस्पर्धात्मक फाइनलमा भारतले ३(२ सेटमा नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।

२-१ सेटले अगाडि रहेको नेपाल फेरि भारतलाई फाइनलमा पराजित गर्नबाट चुकेको छ। लिग चरणको खेलमा भने नेपालले भारतलाई ३(२ सेटमा पराजित गरेको थियो ।नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। भारतले अग्रता लिएको पहिलो सेटमा अन्त्यतिर २०(२३ ले पछि परेको अवस्थामा नेपालले लगातार ५ अंक जोड्दै सेटमा आफ्नो कब्जा जमायो ।

दोस्रो सेट भने भारतले कमब्याक गर्दै २५-१४ को फराकिलो अन्तरले जित्यो। प्रतिस्पर्धात्मक तेस्रो सेट भने नेपालले २५-२२ ले जितेर २-१ को अग्रता लिएको थियो। फेरि प्रतिस्पर्धात्मक चौथो सेट २५-२१ बाट भारतले जितेर खेल २(२ को बराबरीमा ल्यायो ।

यसअघि भएको खेलमा इरानले सोझो सेटमा श्रीलंकालाई पराजित गर्दै प्रतियोगितामा तेस्रो भयो । सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई समान ३-० को सेटमा पराजित गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्