एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइजको पहिलो जित, प्लानिङ ब्वाइज युनाइटेड ९-० गोल अन्तरले पराजित
काठमाडौं । एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडमाथि सानदार जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा चर्च ब्वाइजले प्लानिङ ब्वाइजमाथि ९-० को जित निकाले हो । जितसँगै चर्च ब्वाइजले तेस्रो खेलमा आएर अंक तालिकामा खाता खोलेको छ। प्लानिङ ब्वाइजको यो दोस्रो हार हो ।
३ खेल खेलेको प्लानिङ ब्वाइजको ३ अंक नै छ । चर्च ब्वाइजका सुशन थापामगर एक्लैको ५ गोल गरेका थिए । सुशनबाहेक स्वप्निल दाहालले ह्याट्रिक पूरा गरे । एक गोल भने चर्च ब्वाइजले आत्मघाती उपहार प्राप्त गर्यो ।

.gif)