sevenstartv.com २२ मंसिर २०८२, सोमवार

खुला महिला भलिबल प्रतियोगिताको उपाधि पुलिस क्लबलाई

२२ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडाैं । अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुलिस क्लबले उपाधि जितेको छ ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गरेको थियो ।

उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेतामा सीमित एपिएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा पाएको छ । पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपिएफले दोस्रो सेट जितेको थियो ।

पुलिसले पहिलो सेट २५–२३, तेस्रो सेट २५–१८ र चौथो सेट २५–२१ अङ्कले जितेको हो । एपिएफले दोस्रो सेटमा पुलिसलाई २५–२० अङ्कले हराएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्