बंगलादेशमा आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने
काठमाडौं । बंगलादेशको निर्वाचन आयोगले फेब्रुअरी १२ मा राष्ट्रिय चुनाव हुने घोषणा गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन तालिका घोषणा गरेको बीबीसीले जनाएको छ । यसपटक मतदानको समय एक घण्टाले बढाइएको छ किनभने जनमत संग्रह सोही दिन भइरहेको छ ।
पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउने विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलोपटक चुनाव हुन लागेको हो । चुनावको लागि मनोनयन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ र मनोनयन पत्रहरूको छानबिन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहने आयोगले बताएको छ ।

.gif)