sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

सुनसरी–४ बाट कांग्रेस उम्मेदवारमा ज्ञानेन्द्र कार्कीको नाम सिफारिस

२६ मंसिर २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की सुनसरीको क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य पदमा प्रत्यक्षतर्फ उम्मेदवारका लागि सिफारिस भएका छन् ।

कांग्रेसको सुनसरी क्षेत्र नम्बर ४, क्षेत्रीय समितिले जिल्ला कार्यसमितिलाई पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दै कार्कीको नाम पहिलो नम्बर राखेको छ । २०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कार्की सुनसरी–४ बाटै प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

क्षेत्रीय कार्यसमितिले उम्मेदवार सिफारिसका साथ आफ्नो रायसमेत पठाउँदै २०७४ सालमा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवारका रूपमा यस क्षेत्रमा आएपछि पार्टीभित्रको संगठनदेखि पूर्वाधार विकास, सामाजिक विकास लगायतका कार्यमा फट्को मारेको उल्लेख गरेको छ ।


यस्तै, समानुपातिकतर्फ ८ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा राधिका कटुवाल, सुशीलादेवी खनाल, अबुल हुसैन अंसारी, जमिल अख्तर मिया, इर्फान मिया, प्रमोद खेरबार, नगमा शाहिद अंसारी र उपेन्द्रबहादुर कटुवाल छन् । राष्ट्रिय सभा सदस्य पदका लागि नन्द कुमार सिग्देल, सूर्यदेव दास उराँव, प्रमादुन्द मेहता, डिल्लीबहादुर कार्की, शुद्धादेवी सरदार सिफारिस भएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्