sevenstartv.com २७ मंसिर २०८२, शनिवार

जसपा नेपालले जिल्लास्तरीय विरोध सभा गर्दै

२७ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले जिल्लास्तरीय विरोध सभा गर्ने भएको छ । २८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दाहरू अघि सार्दै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि पुस ४ गतेसम्म जिल्लास्तरीय विरोध सभा, जनसभा गर्न लागेको हो । 

त्यसैगरी पार्टीले पुस १२ गतेदेखि प्रत्येक प्रदेशहरूमा प्रदेश स्तरीय जनप्रदर्शन एवं विरोध सभाको कार्यक्रमको तय गरेको छ । जसपा नेपालले संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निधारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसद्को व्यवस्थालगायतका माग र मुद्दा उठाउँदै मंङ्सिर १० गतेदेखि सङ्घर्षका कार्यक्रम गर्दै आएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्