sevenstartv.com २७ मंसिर २०८२, शनिवार

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

२७ मंसिर २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । रूससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको शुरूमै युरोपेली संघ (ईयू) मा सामेल हुन सक्ने सम्भावना बढेको छ ।

युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव रहेको यस विषयमा जानकार एक वरिष्ठ अधिकारीलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । ईयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्य देशको सर्वसम्मत मत आवश्यक पर्छ । तर केही देशहरूले युक्रेनलाई समावेश नगर्न आवाज उठाउँदै आएका छन् । त्यसमा पनि विशेष गरी हङ्गेरीले असहमति जनाएको छ ।

युक्रेनको सदस्यताको विरोध गर्ने नेताहरूलाई आफ्नो अडान परिवर्तन गर्न मनाउन अमेरिका प्रयासरत रहेको पाएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताए । युक्रेनले लामो समयदेखि युरोपेली सङ्घको सदस्यताका लागि प्रयास गरिरहेको छ । रूस–युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी नेतृत्वको पछिल्लो प्रस्तावमा युक्रेनले रूसलाई केही भूमि सुम्पिने उल्लेख छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्