sevenstartv.com २२ मंसिर २०८२, सोमवार

सेल्टा भिगोसँग रियाल मड्रिड पराजित

२२ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । स्पेनिस लिग फुटबलमा सेल्टा भिगोले रियाल मड्रिडलाई २–० ले हराएको छ ।

रियाल मड्रिडको मैदानमा गएराति भएको खेलमा सेल्टा भिगोलाई विजयी गराउन दुबै गोल विलियोट स्वेडबर्गले गरे । खेलमा रियाल मड्रिडका फ्रान गार्सीया र अल्भारो कारेराले रातो कार्ड खाएपछि टोली ९ जनामा समेटिएको थियो । यो हारले रियाल मड्रिडका प्रशिक्षक जाभि अलन्सोमाथि दबाब बढाएको छ । 

लिगमा १६ खेलबाट बार्सिलोनाको ४० अंक छ । समान खेलबाट ३६ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ । एक खेल कम खेलेको भियारियाल ३५ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्