च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी विजयी
काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले रियल म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका तीनै गोल पहिलो हाफमा भए । रियल म्याड्रिडका लागि खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटमै सिटीका लागि ओ राइल्लीले बराबरी गोल फर्काएका हुन् ।
खेलको पहिलो हाफमै बराबरी गोलको दबाबमा परेको रियलले ४३ औं मिनेटमा थप गोल खाएको हो । सिटीका लागि रियलविरुद्ध यो निर्णयक गोल स्टार स्ट्राइकर एरलिङ हालान्डले पेनाल्टीमार्फत् गरे । पहिलो हाफमै पछाडि परेको रियलले दोस्रो हाफमा कमब्याक गर्न नसक्दा घरेलु मैदानमै २–१ ले पराजित भएको हो ।

.gif)