sevenstartv.com २७ मंसिर २०८२, शनिवार

चौथो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग असार २६ देखि

२४ असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । चौथो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग सञ्चालन हुने भएको छ । चौथो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता असार २६ गतेदेखि असार २८ गतेसम्म तारकेश्वर नगरपालिका धर्मस्थलीमा हुने आयोजकले बताएको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला समन्वय समिति काठमाडौंले यसै प्रतियोगितामा पहिलो पटक नेपालले तेक्वान्दो खेलमा वरियता सहितको खेलाडी पाउने बताएको छ । जिल्ला समन्वय समितिको घोषणा कार्यक्रमअनुसार उत्कृष्ट एक महिला र एक पुरुषले काठमाडौं जिल्ला समन्वय समितिको तर्फबाट एक÷एक वटा ई–स्कुटर पाउनेछन् ।

अन्य प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुलाई प्रथम १५ हजार, द्वितिय १० हजार र तृतीय स्थान हाँसिल गर्ने दुई जनालाई ५÷५ हजार नगद पुरस्कार दिइनेछ । पुरस्कार १० वटै तौल समूहलाई प्रदान गरिनेछ । लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी जम्मा १० तौल समूहमा प्रतिष्पर्धा हुने आयोजकले बताएको छ ।

पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८) केजी तौल समूहहरु साथै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तौल समूहमा प्रतिष्पर्धा हुनेछन् । लिगमा पहिलो हुने खेलाडीले १० अंक, दोस्रोले ७ अंक, तेस्रो हुनेले ३ अंक र प्रत्येक खेल विजेताले १ अंक पाउनेछन् ।

हरेक लिगका प्रत्येक तौल समूहका पदक विजेताका हकमा जिल्ला बाहिरका खेलाडीहरुलाई खान, बस्न र यातायात लगायतका खर्च जिल्ला समन्वय समिति काठमाडौंले व्यवस्थापन गर्ने बताइएको छ । हरेक लिगका विजेतालाई पदक तथा प्रमाण पत्रको व्यवस्था गरिएको पनि बताइएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्