नेपालले जित्योे एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि
काठमाडौँ । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले हात पारेको छ ।
मलेसियामा शनिबार भएको फाइनल खेलमा नेपालले सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि हात परेको हो । सिंगापुरले दिएको १ सय १४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए ।
९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहो¥याएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा १ सय १३ रनमा अलआउट भएको थियो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३, ३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

.gif)