नेपालले आज सेमिफाइनलमा मलेसियासँग खेल्दै
काठमाडौं । नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनल प्रवेशका लागि आज मलेसियासँग खेल्छने भएको छ । नेपाल र मलेसियाबीचको सेमिफाइनल खेल बिहान पौने ८ बजेदेखि सेलांगर टर्फ क्लबमा सुरु हुनेछ ।
प्रतियोगिताको समूह ए मा रहेको नेपाल समूहविजेता हुँदै सेमिफाइनल खेल्न लागेको हो । मलेसिया भने समूह बी को उपविजेता हो । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले भुटानलाई २९८ रनको फराकिलो अन्तरले हराउँदै समूहविजेता बनेको थियो ।
त्यसअघि नेपालले सिंगापुर, जापान र इन्डोनेसियालाई हराएको थियो । मलेसिया भने समूह बी मा हङकङसँग मात्र पराजित हुँदा माल्दिभ्स, थाइल्याण्ड र म्यानमारलाई हराएको थियो ।
आजै सोही समयमा हुने अर्को सेमिफाइनलमा हङकङले सिंगापुरसँग खेल्नेछ । फाइनल शनिबार हुनेछ । नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

.gif)