नेपालका सुन, चाँदी र तामाका खानी उत्खननमा बजेट परेन : सांसद् आलेमगर
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् सुरेशकुमार आलेमगरले नेपालमा सुन, चाँदीका र तामाका निश्चित खानीहरु रहको भन्दै खानी उत्खननमा सरकारले ध्यान दिन नसकेको बताएका छन् ।
आइतबारको राष्ट्रियसभा बैठकमा उनले सुन र चाँदीका, तामाका निश्चित रुपमा खानीहरु नेपालमा रहेको भन्दै यि खानीहरु उत्खनन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।
यसको सम्भाव्यता अध्ययन गर्नेतर्फ उद्योग मन्त्रालयले ध्या दिनुपर्ने बताएका छन् । नेपालमा युरेनियम पत्ता लागिसकेको भएपनि बजेटमा विक्री वितरणका लागि कार्यक्रम नआएको बताए ।

.gif)