सुनचाँदी पसल अनिश्चतकालीन बन्द गर्ने घोषणा, लक्जरी कर र भ्याटको विरोधमा आज प्रदर्शन
काठमाडौं। सुनचाँदी व्यवसायीले देशभर व्यवसाय अनिश्चितकालीन बन्द घोषणा गरेका छन्। व्यवसायीले बजेटबाट सरकारले लगाएको सुनका गहनको लक्जरी कर र रत्नजडित गहनाको भ्याटको विरोधमा बन्द घोषणा गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले संयुक्त वक्तव्य जारी गर्दै व्यवसाय बन्द घोषणा गरेका हुन्। दुवै महासंघमा आबद्ध व्यवसायीको लिखित तथा मौखिक सुझावका आधारमा बन्द घोषणा गरिएको हो। दुवै महासंघले असार १३ गतेदेखि देशभरका व्यवसाय बन्दको सूचितआ(आफ्ना सदस्यलाई गरेका छन्।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपाल सरकारद्वारा लागू गरिएको अव्यवहारिक कर नीतिको विरोधमा दुवै महासंघका जिल्ला, नगर तथा आम व्यवसायीले लिखित, मौखिक सुझावको आधारमा प्राप्त भएको हुनाले मिति २०८२ साल असार १३ गतेदेखि सम्पूर्ण जिल्ला, नगर, वस्तुगतर,एसोसियट सदस्यहरूले व्यवसाय अनिश्चितकालीन बन्दको लागि संयुक्त महासंघहरुको निर्णय भएअनुसार आ-आफ्ना सदस्यहरूलाई सूचित गर्न गराउन हुन जानकारी गराउँदछौं।’
देशभर ३० हजारभन्दा बढी सुनचाँदी पसल छन्। व्यवसायीले कर पुनरावलकोनका लागि दबाबका कार्यक्रम चरणबद्ध गर्दै आएका थिए। साथै सरोकारवाला निकायलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

.gif)