sevenstartv.com ५ पुष २०८२, शनिवार

राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी मिश्रलाई

११ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकको कायममुकायम ९कामु० गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर बमबहादुर मिश्रले पाउनु भएको छ ।


गभर्नर विश्वनाथ पौडेल मंगलबार स्वीजरल्यान्ड प्रस्थान गर्नुभएकोले उहाँ स्वदेश फिर्ता नहुन्जेलसम्मलाई अर्थ मन्त्रालयले मिश्रलाई कामु गभर्नरको जिम्मेवारी दिएको हो । 

सिनियर डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिना पनि हाल बङ्गलादेश भ्रमणमा रहनुभएको छ । गभर्नर पौडेल असार १९ गते स्वदेश फर्कने कार्यतालिका रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्