भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र हो : सुरेन्द्र पाण्डे
काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको हो । उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए ।
उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताएका छन् । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे ।
उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिएका छन् ।

.gif)