sevenstartv.com ५ पुष २०८२, शनिवार

विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं, पोखरा र सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तैनाथ

१० असार २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन सुरक्षा निकायहरुलाई निर्देशन दिइसकेको बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विपद् जोखिम न्युनिकरणका लागि सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताए । 

अहिले मनसुनको प्रारम्भमा रहेको बताउँदै आफूले सुरक्षा निकायहरुलाई विपद् न्युनिकरण र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताएका छन् । 

जिल्ला विपद् कोषमा आवश्यक रकम पठाइसकेको र विपद् भएको खण्डमा जिल्लाले तत्काल सम्बोधन गर्नेगरी आवश्यक रकम पठाउने काम भएको जानकारी दिए। आपत्कालीन मानवीय सहायता कक्ष भनेर सात वटै प्रदेशमा गोदामहरु बनाइ प्रदेश सरकारलाई जिम्मा लगाइएको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्