धनगढीमा युवती मृत फेला
काठमाडौं । धनगढी उपमहानगरपालिका-२ बैयाबेहडीमा बाहिरबाट ताल्चा लगाएको कोठामा सोमबार बिहान एक युवती मृत फेला परेकी छन् ।
डेरा गरेर बस्दै आएकी कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी ताल्चा लगाएको कोठामा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौधरी अविवाहित हुन् ।
घटनाको प्रकृति शङ्कास्पद् देखिएकाले घटनास्थललाई सिल गरेर अनुसन्धानको कार्य भइरहेको छ ।

.gif)