sevenstartv.com ५ पुष २०८२, शनिवार

स्पेनिस ला लिगाको नयाँ सिजन आजबाट सुरु हुँदै

३१ साउन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन २०२४-०२५ बिहीबारबाट सुरु हुँदैछ ।

नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिको क्लब र गेटाफेबीच भिडन्त हुनेछ । यी दुई टोली बीचको खेल एथ्लेटिकोको मैदानमा नेपाली समय अनुसार राति पौने ११ बजेबाट सुरु हुनेछ ।

नयाँ सिजनको खेलमा दुबै टोली पहिलो खेलमा तीन अंक जोड्ने योजनामा छन् । यस सिजन पनि ला लिगामा २० टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

गत सिजन रियाल मड्रिडले उपाधि जितेको थियो । 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्