दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता
काठमाडौं । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ । बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो । यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो । नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो । युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो ।
मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो । राखेपले चैतबाटै मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।
एएफसीका प्रतिनिधिले साउन ९ मा दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो ।

.gif)