sevenstartv.com ५ पुष २०८२, शनिवार

फाइनलमा साविक विजेता अमेरिका र इटालीबीच प्रतिस्पर्धा

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पेरिस ओलम्पिक २०२४ अन्तरगत महिला भलिबलमा अमेरिका पाँचौं पटक फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको पहिलो खेलमा साविक विजेता अमेरिकाले ब्राजिललाई ३-२ ९२५-२३, १८-२५ २५-१५ २३-२५ १५-११०  को सेटमा पराजित गर्दै स्वर्ण पदक जित्नबाट एक खेल टाढा रहेको छ ।

गएराति नै भएको अर्को खेलमा टर्किएलाई सोझो सेट २५-२२ २५-१९ २५-२२ को सेटमा पराजित गर्दै इटाली पहिलो पटक फाइनलमा पुगेको छ ।

ओलम्पिकबाट सहभागिता जनाएको इटालीले पहिलो पटक स्वर्णका लागि प्रतिस्पर्धा गर्न लागेको हो । स्वर्ण पदकका लागि इटाली र अमेरिकाबीचको खेल  आइतबार हुनेछ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्