चितवनमा ट्रक र ग्यास बुलेट ठोक्किँदा २ जना घाइते
चितवन । चितवनको टिकौली जंगलमा ट्रक र ग्यास बुलेट ठोक्किँदा २ जना घाइते भएका छन् ।
भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोकिएका हुन् ।
दुर्घटनामा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

.gif)