sevenstartv.com ५ पुष २०८२, शनिवार

करेन्ट लागेर मुगुमा दश खच्चर मरे

९ असार २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-११ कुसा टाउमा विद्युत सेवा चुहावट हुँदा दश खच्चर मरेका छन् ।

जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको थियो ।

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार दिउँसो ती खच्चरलाई करेन्ट लागेको बताइएको छ । एउटा खच्चरको मूल्य एक लाख ५० हजारभन्दा बढी पर्दछ । खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्