स्टार अपडेट्स्
ताप्लेजुङ गोल्डकपको उपाधि सिरहाको सलहेस क्लबलाई
काठमाडौं । तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ । गतवर्षको उपविजेता सलहेसले ए डिभिजन लिग च्यम्पियन चर्चब्वाइज युनाइटेडलाई २/० गोल अन्तरले स्तब्ध पार्दै उपाधि हात पारेको हो...



