sevenstartv.com ४ पुष २०८२, शुक्रवार

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा आराधना

३१ साउन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल पाटनस्थित कृष्ण मन्दिर पुगेर पूजा आराधना गरी प्रसाद ग्रहण गर्नुभएको छ । 

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शनिबार पूजा आराधनाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित कृष्ण मन्दिर पुग्नुभएको हो । राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीमा ललितपुरको कृष्ण मन्दिरमा पुगेर पूजा गर्ने चलन रहेको छ । 

राष्ट्रपति पौडेललाई कृष्ण मन्दिर परिसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन लगायत जनप्रतिनिधिले स्वागत गर्नुभएको थियो । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान् श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्