सर्लाहीमा गोली हानेर शिक्षकको हत्या
काठमाडौं । सर्लाहीमा एक जना शिक्षकको गोली हानी हत्या भएको छ । रामपुकार यादवको हत्या भएको हो । शिक्षक यादवमाथि राति साढे ८ बजेतिर घर अगाडि मोटरसाइकलमा आएका हतियारधारीले गोली हानेर भागेका थिए ।
टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई उपचारको लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लादै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
शिक्षकलाई गोली प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन् तर प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । गोली प्रहार गरी भाग्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्ति पनि दुर्घटनामा गम्भीर घाइते भएका छन् । उनको सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालबाट थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटनामा संलग्न केही व्यक्ति भने फरार छन् । उनीहरुको खोजी भरहेको प्रहरीले जनाएको छ ।

.gif)