१५ लाख २३ हजार बोरा रासायनिक मल कोलकाता बन्दरगाहमा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकाता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपाल ल्याउने क्रम जारी रहेको जनाएको छ।
कर्पोरेसनले हालै मात्र चार लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डीएपी गरी १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो। गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी पाएको कर्पोरेसनले बताएको छ ।
हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेसनले विज्ञप्तिमार्फत आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ।

.gif)