कागबेनी-छुसाङ सडक कालोपत्र सुरू
काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको जोमसोम-कोरला सडकअन्तर्गत कागबेनी-छुसाङ खण्ड कालोपत्र सुरू भएको छ । पहिलो चरणमा ९ दशमलव ८ किलोमिटर कालोपत्र हुन लागेको गरिन लागेको हो ।
यो सडक कालोपत्र गर्न २८ करोड ८७ लाख विनियोजन गरिएको छ । यसअघि घाँसादेखि कागबेनीसम्म कालोपत्र भइसकेको छ । कागबेनी-छुसाङ सडक २०८४ असार मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । सडकको लम्बाइ ११ मिटर र चौडाइ सात मिटर हुनेछ ।

.gif)