काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी राखेको छ ।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा कायम गरिएको सेनाले जनाएको छ । अत्यावश्यक कामका लागि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न पाइने समय तोकिएको नेपाली सेनाले जनाएको छ ।
बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यु कायमै रहेको नेपाली सेनाले जनाएको हो । निषेधाज्ञा र कफ्र्युको अवधिमा समेत एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधन सञ्चालन गर्न पाउनेछन् ।
सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्ने जानकारी सेनाले दिएको छ।

.gif)