sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

डा.शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाए

२९ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा .शेखर कोइरालाले आफूनिकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

सभापति गगन थापाले सोमबार विशेष महाधिवेशनमा सहभागी नभएका १९ जना नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेपछि कोइरालाले आफूनिकट नेताहरूलाई छलफलमा बोलाएका हुन् । कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा जारी छलफलमा १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी छन् ।

छलफलमा सहभागी स्रोतले बैठकमा केन्द्रीय सदस्यमा मनोनित नेताहरू जीवन परियार, डा। गोविन्दराज पोखरेल, दिनेश कोइराला र उर्मिला थपलिया पनि सहभागी छन् । 

स्रोतका अनुसार उनीहरूले केन्द्रीय सदस्यमा मनोनयनबारे आफूहरूसँग सरसल्लाह नै नगरेको नेता कोइरालालाई बताएको स्रोतको दाबी छ । सभापति थापाले मनोनयन गरेका १९ जनामा सात जना कोइराला समूहका नेताहरू रहेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्