sevenstartv.com १४ असार २०८३, आइतवार

गरिबको चमेली बोलदिने कोही छ भनेर आवाज उठाउनुपर्छ

२८ वैशाख २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले गर्ने सकारात्मक काममा बिनापूर्वाग्रह साथ रहने बताएका छन्।

प्रधानमन्त्री र मन्त्रीहरूलाई शुभकामना दिँदै शर्माले सरकारको कामको सफलता शुभकामनामा मात्रै भन्दा पनि प्रश्न, दबाब, जबाफदेहीता, रूपान्तरण, नीति थिति र गतिमा निर्भर रहने बताएका हुन । उनले रास्वपा सांसदहरूप्रति लक्ष्य गर्दै सरकारका कामकारबाहीप्रति मौन रहेको उल्लेख गरे।

‘संवैधानिक परिषदलाई भताभुङ्ग बनाइयो। संसदको मौनधारण  अदालतलाई रबर स्ट्याम्पमा बदल्ने प्रयासमा नयाँ अवतार प्रकट भयो, मौनधारण। भ्रष्टाचार लागे पनि सांसदको लोगो लगाएर संसद जान पाइने नयाँ नियमावली आयो, मौनधारण। बाटोमा भेटिँदा कुनै युवाले सोध्न सक्छन् । मेरो १२ कक्षाको परीक्षा चलिरहेको थियो ।  विकल्प नदिई टहरा भत्काइयो, यो प्रश्न संसदमा उठाउनुभयो माननीयज्यू मौनधारण । शर्माको भनाइ छ ।  कुनै आमाले सोध्नुहुनेछ घर भत्काउँदा मेरो छोराले नदीमा हामफालेर प्राण त्याग गर्‍यो ।  तपाईंले संसदमा आवाज उठाउनुभयो ?  त्यसबेला पनि मौनधारण ।  बुद्ध पूर्णिमाका दिन गुम्बामा डोजर चलाइयो, घन्टी बजाउँदै सरकारमा पुगेकाले मन्दिरमा पनि डोजर चलाए किन ? सरोकारवालासँग समन्वय गरेर काम गर्ने परिवक्वता किन राख्नुभएनरु कसैले यो सोधे के गर्ने, मौनधारण ।

सुकुम्बासी समस्या समाधान गर्नुपर्ने र यो काममा सरकारलाई सबैले सहयोग गर्नुपर्ने उपसभापति शर्माले बताए। तर सुकुम्बासी बस्ती हटाउँदा कानुनका कुरा गर्दा मानवीय कोण पनि हेर्नुपर्ने उनले बताएका छन् । 
.

यो पनि पढ्नुहोस्