sevenstartv.com २१ मंसिर २०८२, आइतवार

बाँकेको बाल सुधार गृहमा झडप, पाँच जनाको मृत्यु

२५ भदौ २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बाँकेको बालसुधार गृहमा कैदीबन्दी बालकहरुबीच झडक हुँदा पाँच जनाको मृत्यु भएको छ । नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपका क्रममा पाँच्जना बन्दीको मृत्यु भएको हो । 

जिल्लाको सुरक्षा श्रोतले दिएको जानकारी अनुसार झडपमा परी मृत्यु हुनेहरुमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् । 

घटनामा घाइते भएकाहरुलाई बाँकेको नेपालगञ्जस्थित भेरी अस्पताल ल्याइएको थियो । उपचारका लागि ल्याइएका पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक अधिकांशको टाउकोमा चोट लागेको छ ।

घाइते दुई जनाको भने सामान्य अवस्थामा उपचार जारी छ ।

देशभर जेनजीको आन्दोलन चर्किंदा नौबस्ताको बालसुधार गृहमा रहेकाहरु पनि भाग्न खोजेका थिए । प्रहरीले रोक्न खोजेको थियो । त्यही क्रममा झडप भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्